जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एडभान्स चिप्सका लागि अरबौँ डलर अनुदान घोषणा गर्दै अमेरिका

काठमाडौँ – आगामी हप्तामा इन्टेललगायत ताइवानका शीर्ष सेमी कन्डक्टर कम्पनीहरूलाई अमेरिकाले अर्बौँ डलर अनुदान दिने अपेक्षा गरिएको छ। 

वाल स्ट्रिट जर्नलले रिपोर्टअनुसार मार्च ७ को बाइडेनको स्टेट अफ यूनियन सम्बोधन अघि केही घोषणा आउने बताएका छन् । 

जर्नलका अनुसार अनुदानका सम्भावित प्राप्तकर्ताहरू मध्ये, इन्टेलले एरिजोना, ओहायो, न्यू मेक्सिको र ओरेगनमा परियोजनाहरू चलाउने तयारी गरेको छ । जसको लागत ४३. अर्ब अमेरिकी डलर भन्दा बढी हुनेछ।

यस्तै ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले पनि फिनिक्स नजिकै ४० अर्ब डलरको कुल लगानीको दुई प्लान्टहरू निर्माण गर्दै छ । 

दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स पनि सब सिडीका लागि दाबेदार रहेको छ। जसको टेक्सासमा १७.३ अर्ब डलरको परियोजना छ।

माइक्रोन टेक्नोलोजी, टेक्सस इन्स्ट्रुमेन्ट, ग्लोबलफाउन्ड्रिज लगायत अन्य कम्पनी पनि अनुदानका  दाबेदार हुन्।

अनुदानले उनीहरुको परियोजनाका बाँकी काम गर्न सहज हुने छन् । आगामी घोषणाले स्मार्टफोन, आर्टिफिसियल इन्टेलिजेन्ट, र हतियार प्रणालीहरूलाई पावर गर्ने एडभान्स सेमीकन्डक्टरले उत्पादनलाई दिने लक्ष्य राखेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?