जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रधानमन्त्री कप : एपीएफसँग सुदूरपश्चिम तीन विकेटले पराजित

काठमाडौं – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो। एपीएफका लागि सन्दीप जोराले १८ रन बनाए भने आशिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे । सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सुदूरपश्चिमका लागि नारायण जोशीले २५ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै अविजित ३१ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि चन्दन रामले पाँच विकेट लिए । त्यसैगरी, भुवन कार्की तीन र कप्तान रोहित पौडेलले दुई विकेट झारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?