जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती मनाइयाे

काठमाडाैँ- महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जयन्तीका अवसरमा त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती मनाइएकाे छ ।

बिहीबार काठमाडौँ, सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा रामगीता वाङ्‍‍मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्री, त्रिमूर्ति निकेतनका संस्थापक अध्यक्ष श्रीमती इन्दिरा प्रसाई तथा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थीले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गरेर देवकाेटाकाे स्मरण गरे ।

त्यस अवसरमा सबैले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण समेत गरे । कार्यक्रममा प्रमुख कवि कृष्ण बाउसे लगायत कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरेका थिए ।

कार्यक्रममा त्रिमूर्ति निकेतनका इन्दिरा प्रसाई, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ बताए ।

कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?