जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतविरुद्ध दोस्रो इनिङमा न्यूजिल्याण्डले लियो १ सय ४३ रनको अग्रता

काठमाडौँ- भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजिल्याण्डले १ सय ४३ रनको अग्रता हासिल गरेको छ ।

टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिङमा न्यूजिल्याण्डले ९ विकेट गुमाएर १ सय ७१ रन बनाएपछि भारतविरुद्ध १ सय ४३ रनको अग्रता लिएको हो ।

दोस्रो इनिङमा न्यूजिल्याण्डका विल योङले ५१ रन बनाए भने अन्य ब्याटरले खासै योगदान दिन सकेनन् । त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिए भनेरविचन्द्रन आश्विनले ३, वाशिंटन सुन्दर र आकाश दीपले समान एक विकेट लिएका थिए ।

यसअघि न्यूजिल्याण्डले पहिलो इनिङमा २ सय ३५ र भारतले पहिलो इनिङमा २ सय ६३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?