जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

देउसी भैलोबाट ३२ लाख सङ्कलन

काठमाडौँ- म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा रु ३२ लाख ४४ हजार सङ्कलन भएको छ । तीन दिनको अवधिमा सो रकम सङ्कलन भएको हो ।

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिए । उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम रु २९ हजारदेखि अधिकतम रु १३ लाख १९ हजारसम्म दान गरेका छन् ।

यही कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसी भैलोमा मालिका–७ बिमको तल्लोगाउँ टोलबाट रु १३ लाख सहयोग प्राप्त भएको छ ।

त्यसैगरी बिमबाङ टोलबाट रु ११ लाख, डाँडागाउँ टोलबाट रु पाँच लाख, ढुनोट टोलबाट रु एक लाख ७७ हजार, नौमाने टोलबाट रु ४३ हजार, अर्कला टोलबाट रु ३० हजार र इल्पु टोलबाट रु दुई हजार सहयोग जुटेको हो । आज देउसी भैलो कार्यक्रम समापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?