जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड अभिनेता ऋतिक रोशन कृष ४ बनाउदै

काठमाडौं – बलिउड अभिनेता ऋतिक रोशनले नयाँ फिल्मको तयारी सुरू गरेका छन्। उनले ‘कृष ४’ फिल्ममा काम गर्ने भएका छन्। यो फिल्मको सुटिङ यसैवर्ष सुरू हुनेछ।

भारतीय सञ्चारमाध्यम पिंकभिलालाई अन्तरवार्ता दिँदै उनले फिल्मको बारेमा कुराकानी गरेका थिए। यो फिल्मको यतिबेला स्क्रिप्ट लेखन कार्य भइरहेको छ।

अन्य पार्टभन्दा यो पार्टमा फिल्मको कथा सजिलो नभएको उनले बताए। यो फिल्मको पहिलो पार्ट ‘कोई मिल गया’ मा भएको जादू कथालाई दर्शकले मनपराएका थिए। यतिबेला ऋतिक रोशनको फिल्म ‘फाइटर’ प्रदर्शन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?