जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पार्सल पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । पार्सल पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। सप्तरी राजविराज नगरपालिका-१० का २६ वर्षीय डम्बर साह पक्राउ परेका हुन्।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। उनले ह्वाट्सएप, फेसबुक, इमो लगायत सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूलाई पार्सल पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

कार्यालयमा ठगी गरेको भन्दै आउने पीडितहरू बढेपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो। सोही क्रममा साहले ठगी गरेको खुल्न आएकाले पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।

उनका अनुसार साहले दुई वर्षमा १ अर्ब ५९ करोड रूपैयाँको कारोबार गरेको खुल्न आएको छ। प्रहरीले यसमा अन्य व्यक्तिहरूको संलग्नता रहेको आशंकामा अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?