जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हात्तीछाप नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुने

काठमाडौं – दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘हात्तीछाप’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुने भएको छ । नेपालसहित विश्वभर माघ २६ मा फिल्म रिलिज हुने भएको हो ।

अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेनमेन्टले यो फिल्म विश्वभर रिलिज हुने बताएको छ । अष्ट्रेलियामा एमएसएम र रोटेपिङ इन्टरटेनमेन्टले फिल्म रिलिज गर्दैछन् ।

अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । युरोपमा चाहिं नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने जनाइएको छ । मध्यपूर्वमा सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिब्युसन कम्पनीले रिलिज गर्नेछ । दक्षिण कोरिया र जापानमा फिल्मलाई यूएनए इन्टरटेनमेन्टले रिलिज गर्दैछ ।

सिमोस सुनुवारको निर्देशन र किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, वुद्धि तामाङ, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?