जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सधैभरि जवान देखिन के गर्ने ? अपनाउनुस् यी उपाय

काठमाडौं – हरेक मानिसको चाहना सधैभरि आफुलाई जवान राख्ने नै हुन्छ । एउटा बुढो केश पाकिसकेका बृद्ध पनि आफुलाई जवान देखाउन सक्दो प्रयास गर्छन। तर कुनै मानिस सानो उमेरमा नै बुढो भयो भने के होला ? आफ्नै कमि कमजोरी र लापरवाहीका कारण पछिल्लो समय मानिसहरु उमेर नै नपुगी बुढो हुन थालेका छन।

हाम्रो दैनिकि जीवनमा बढ्दो तनावको सीधा प्रभाव हाम्रो अनुहार अर्थात् छालामा देखिन्छ। जसका कारण हामी उमेर भन्दा पहिले बूढा देखिन्छौँ। हाम्रो उमेर बढेसंगै उमेर चिन्हहरू निधार, आँखा र ओठमा देखा पर्न सुरू हुन्छ। यदि तपाईं पनि यही समस्याबाट गुज्रँदै हुनुहुन्छ ?

सधैँ जवान र स्मार्ट देखिन निद्रा पूरा गर्नु जरुरी छ । यसो गर्दा तपाईंको शरिरले आराम र पुर्नताजगी पाउनेछ । निद्राको कमीले मानिसलाई चाँडै बुढ्यौली तर्फ लैजान्छ । त्यसैले दैनिक ८ घन्टा सुत्नुहोस् । शरिरमा सुगरको मात्रा बढ्यो भने समस्या धेरै आउँछ । चाउरीपन बढ्ने खतरा रहन्छ । त्यसैले सुगरको मात्रा कम गर्नुहोस् । मिठाइ, सोडाजस्ता खाद्यान्न नखानुहोस् ।

भिटामिन सी युक्त खानेकुरा पर्याप्त खानुहोस् । तपाईंको दैनिक खाद्यान्नमा ७५ एमजीबराबर भिटामिन सी समावेश हुनु आवश्यक छ । दुईवटा मध्यम साइजका सुन्तलामा यो बराबर मात्रा पाइन्छ । तपाईंको उमेर र तौल हेरेर भिटामिन सीको प्रयोग यो भन्दा बढी पनि गर्नुपर्ने हुन सक्छ । यसले चाउरीपन बढ्नबाट जोगाउँछ । दाँतलाई सधैँ सेतो राख्नुहोस् । राम्रो टुथपेस्ट प्रयोग गर्नुहोस् । चम्किलो र सेतो दाँतले तपाईंलाई हँसिलो र युवा देखाउँछ ।

चिया र कफीले तपाईंको दाँतमा असर गरिरहेका हुन्छन् । त्यसैले यसको सेवन कम गर्नुहोस् ।तपाईंको खुट्टा र हातले पनि तपाईंको उमेरमा फरक पार्छ । त्यसैले हात–खुट्टा सधैँ सफा र टिपटप राख्नुहोस् । नियमित आँखाजाँच गर्नुहोस्, किनकि तपाईंले थाहा नपाई तपाईंको आँखाको शक्ति बिस्तारै कम हुँदै गएको हुन सक्छ ।

तपाईंको छालामा खैरो दाग तथा चायाँ, पोतो देखिएको छ भने त्यसको प्राकृतिक उपचार सुरु गर्नुहोस् । कागतीको जुसमा हल्का पानी मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । कागतीले ब्लिचको काम गर्नुका साथै बिस्तारै तपाईंका दागहरूलाई कम गर्दै लैजान्छ । लाइट कलरको आइस्याडो लगाउँदा तपाईंको आँखा चम्किलो देखिन्छ । यसले तपाईंलाई भर्खरको देखाउँछ । तर, चम्किलो देखाउने नाममा कडा केमिकलयुक्त आइस्याडोको प्रयोग गर्नुभयो भने चाउरीपन बढ्ने खतरा रहन्छ ।

लाइट कलरका पोसाकले तपाईंलाई भर्खरको देखाउँछ । तर, कपडाको चयन गर्ने विषय तपाईंको व्यक्तिगत हो । कपडा छान्दा आफूलाई कस्तो सुहाउँछ, त्यही आधारमा छान्नुहोस् । सुत्ने वेलामा मेकअप हटाउनुहोस् । स्वस्थ रहन र ब्लक भएका पोर्सहरू खोल्न पनि मेकअप हटाउनु जरुरी छ । दिनभरि तपाईंको छालामा जम्मा भएका प्रदूषण मेकअप नपुछेको खण्डमा जस्ताको तस्तै रहन्छन् र तपाईंको छालालाई ड्यामेज गर्छन् ।

जवान देखिने अर्को उपाय हो, प्राकृतिक उत्पादनहरूको प्रयोग । ओलिभ, नरिवल, स्विट आल्मन्डलगायत तेलले राम्रो मोइस्चराइजर, क्लिन्जर र अलराउन्ड ब्युटीको काम गर्छन् । लिपस्टिक छनोट गर्दा ध्यान दिनुहोस् । विनामेकअपमा डार्क लिपस्टिक प्रयोग गर्दा तपाईं उमेरभन्दा बढीको देखिनुहुन्छ भने लाइट लिपस्टिक प्रयोग गर्दा भर्खरको । त्यसैले चम्किलो र लाइट लिपस्टिकको प्रयोग गर्नुहोस् ।

हेयरस्टाइललाई सधैँ नयाँ लुक दिनुहोस् । तपाईंले १० वर्षअघि जस्तो हेयर स्टाइल बनाउनुहुन्थ्यो, अहिले पनि त्यस्तै बनाउनुहुन्छ भने सोच्नुहोस् र परिवर्तन हुर्नुहोस् । फेसन र स्टाइल परिवर्तन भइरहन्छन् । तर, धेरै मानिस आफ्नो जीवनको अधिकांश समय पुरानै हेयरस्टाइलमा रमाउँछन् । हेयरस्टाइलमा परिवर्तन गर्दा तपाईं भर्खरको मात्रै देखिनुहुन्न, आफ्नो आत्मविश्वास पनि बढेको अनुभव गर्नुहुनेछ ।

पर्याप्त पानी सेवन गर्नुहोस् । पानीको कमीले तपाईंको छाला र कपाललाई उमेरभन्दा बढी देखाउँछ । यस्तो समस्याका साथै विभिन्न रोगबाट बच्नका लागि पनि पर्याप्त पानी आवश्यक पर्छ । त्यस्तै, पानी तपाईंको तौल घटाउनमा पनि सहायकसिद्ध हुन्छ ।उमेर बढ्दै जाँदा मानिसको हाँसो कम हुँदै जान्छ । तर, सामान्य हाँसो र सकारात्मक सोचले तपाईंको अनुहारमा ठूलो परिवर्तन ल्याउँछ । हाँसोले तपाईंको अनुहारका नसालाई आराम दिन्छ र चिउरीपन कम गर्छ । त्यसैले, तपाईं युवा हुँदा जुन रफ्तारमा हाँस्नुहुन्थ्यो, त्यसरी नै हाँस्नुहोस्, खुसी रहनुहोस् ।

परफ्युम र वडीस्प्रे छनोट गर्दा ध्यान दिनुहोस् । केही परफ्युम यस्ता हुन्छन्, जसको सुगन्धबाट मानिसले तपाईंलाई भर्खरको ठान्नेछन् । त्यसैले छोरीले प्रयोग गर्ने परफ्युम प्रयोग गर्नुहोस् ।जवान हुनु भौतिक कुरा मात्रै होइन, सोचाइको कुरा पनि हो । तपाईंले आफूलाई जवान महसुस गर्नुभयो भने अरूले पनि तपाईंलाई त्यस्तै व्यवहार गर्छन् । तपाईंलाई जवान देखिनका लागि सर्जरीकै आवश्यकता छ भन्ने होइन । सर्जरी गरिसकेपछि पनि तपाईंको विचार पुरानै रह्यो भने तपाईं जवान रहनुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?