जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ऐँचो पैँचोको प्रचारप्रसारमा राजनीति

काठमाडौं – फिल्म ऐँचो पैँचोले कथामा मात्रै हैन प्रचारप्रसारमा पनि राजनीति गर्दै आएको छ । फिल्मका कलाकारहरुदेखि निर्माता निर्देशक समेत राजनीतिको सहारा लिँदै फिल्म धमाधम प्रचारप्रसार लागिरहेका छन् ।

सामाजिक र राजनीतिक बिषयमा आधारित रहेको फिल्मको प्रचारप्रसारको क्रममा फिल्मकी नायिका स्वस्तिमा खड्काले समाज बुझ्न राजनीतिज्ञले फिल्म ऐँचो पैँचो हेर्नु पर्ने बताएकी छिन् । उनको यो भनाईलाई लिएर अनेकथरी अर्थ लगाइएको छ, धेरैले उक्त अभिव्यक्ति मार्फत् स्वस्तिमाले राजनीतिकर्मीलाई सटायर हानेको टिप्पणी समेत गरेका छन् ।

यस अघि पनि निर्माण टिमलेको फिल्म पहिलो गीत सार्वजनिक कार्यक्रममै पुर्व पर्यटन मन्त्रि तथा नेकपा एमालेका सचिव योगेश भट्टराईलाई प्रमुख अतिथि बनाएको थियो । त्यति मात्रै नभएर फिल्मको ट्रेलर लञ्च कार्यक्रममा अर्का पुर्व पर्यटन मन्त्री प्रेम आलेलाई प्रमुख अतिथि बनाइएको थियो ।

उता प्रेम आले र योगेशको भने एक समय मिडियामा वाक युद्ध चलेको थियो । एक अर्कालाई भ्रष्ट राजनीतिज्ञको संज्ञा दिएर मिडियाबाजी गर्ने ति दुई नेतालाई कार्यक्रममा बोलाएर निर्माण टिमले एक किसिमको हाइप क्रियट गर्ने प्रयास गरेको थियो ।आगामी बिहिबार बाट प्रदर्शनमा आउने फिल्मले सामाजिक सञ्जाल लगायत सबै ठाउँमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?