जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

इन्स्टाग्राममा फ्लिपसाइड सुविधा, चाहेको व्यक्तिले मात्र हेर्न सक्ने

काठमाडों – इन्स्टाग्रामले ‘फ्लिपसाइड’ ‘इन्स्टाग्रामको नयाँ फ्लिपसाइड सुविधा’ नामक नयाँ फिचर ल्याइरहेको छ। यो नयाँ सुविधा हाल परीक्षण भइरहेको छ। जसले प्रयोगकर्ताहरूलाई नजिकका साथीभाइ र परिवारसँग जानकारी आदान प्रदान गर्ने थप निजी तरिका प्रदान गर्दै कम्पनीलाई ‘फिनस्टा’ को समस्या समाधान गर्न मद्दत गर्ने भएको छ।

फ्लिपसाइड सुविधाले छनौट गरिएका फ्लोअरहरूका लागि छुट्टै प्रोफाइल बनाउन अनुमति दिनेछ । यसले तपाईलाई एक विशेष फोटो ग्रिड सिर्जना गर्न अनुमति दिनेछ, जुन छनौट गरेको व्यक्तिहरूले मात्र हेर्न सक्ने छन् ।

इन्स्टाग्रामको यो नयाँ फिचरको भिडियो सामाजिक सञ्जाल कन्सल्टेन्ट म्याट नवाराले थ्रेडमा सेयर गरेका छन् । यो अरुले हेर्ने फिडभन्दा फरक फिड हुनेछ । फ्लिपसाइड सुविधामार्फत पोस्ट र रिलहरू सेयर गर्न सकिने छ, फ्लिपसाइडमा मात्र देखिनेछ । फ्लिपसाइड वैकल्पिक इन्स्टाग्राम प्रोफाइल जस्तै हो तर अकाउन्ट भित्र हुन्छ ।

यदि तपाईंलाई कसैको फ्लिपसाइडमा एड गरिएको छ भने, पोस्टको शीर्ष–दायाँ कुनामा एउटा की आइकन देखिने छ । कसैको फ्लिपसाइड हेर्न चाहे प्रोफाइलमा तल स्वाइप गर्नुपर्छ ।

यो सुविधा इन्स्टाग्रामको क्लोज फ्रेन्ड्स जस्तै हो । तर फ्लिपसाइडमा एउटा छुट्टै प्रोफाइल सिर्जना गर्न सकिन्छ । इन्स्टाग्राममा धेरै प्रख्यात व्यक्ति प्रायः आफ्नो व्यक्तिगत चीज छुट्टै, गोप्य अकाउन्टमा पोस्ट गर्छन् । त्यस्ता व्यक्तिहरूका लागि फ्लिपसाइड फिचर उपयोगी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?