जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘सुगर फ्री’ कति फाइदाजनक ? देखिन सक्छ गम्भीर समस्या

काठमाडौँ– मधुमेह अर्थात् सुगर धेरैको साझा समस्या बन्दै गर्दा सुगरका बिरामीले चिनीको कम प्रयोग गर्दै आएका छन् । फलत: बजारमा सुगर फ्री खाद्य पदार्थको माग बढ्दै गएको छ ।

बजारमा कृत्रिम चिनी प्रयोग गरिएका मिठाइदेखि बिस्कुट समेत पाइन थालेको छ । तर यो कति सुरक्षित छ त? के सुगरका रोगीले यस्ता मिठाइ खाँदा गुलियो खाने तलतल मेट्छ त?

एक अध्ययनले सुगर फ्रीको प्रयोगले मधुमेहको जोखिम घटाउनको साटो स्वास्थ्यमा थप अरु समस्या पाइने देखाएको छ ।

रिपोर्टहरुका अनुसार सुगर फ्री को प्रयोगले मधुमेहको जोखिम घटाउनका साथै अरु समस्या पनि थपिने देखिएको हो । कृत्रिम चिनीको प्रयोगले मान्छेमा डिप्रेसन र न्युरोलोजिकल समस्या समेत देखिएको पाइएको हो ।

रिपोर्टको दाबी अनुसार ९२ भन्दा बढी साइड इफेक्ट देखिएको पाइएको छ ।

विशेष गरी मिठाईलाई गुलियो बनाउन प्रयोग गरिने कृत्रिम चिनीले मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्त्री रोग लाग्ने सम्भावना उच्च हुन्छ । यसको नियमित सेवनले टाउको दुख्ने समस्या निम्तनुका साथै एञ्जाइटी, मुटुको धडकन बढी हुने समस्या, तौल बढ्ने हुन्छ भने यो चक्की बनाउने क्रममा प्रयोग हुने ‘सेक्रिन’ नामक पदार्थले क्यान्सरको जोखिम निम्त्याउने गर्छ ।

यस्तै यसको अत्याधिक सेवनले भोकको कमी हुने गर्छ । जसले गर्दा क्यालोरी अपुग भएर शरीर कमजोर हुने खतरा बढ्छ ।

सबैभन्दा महत्वपूर्ण विषय त मधुमेहका साथमा उच्च रक्तचापको समस्या भएका व्यक्तिले सुगर फ्रिचक्कीको प्रयोग गर्दा विशेष सजगता अपनाउनु गर्छ । किनकि यसको अत्याधिक प्रयोगले उच्च रक्तचापको समस्या पनि देखिन सक्छ ।

त्यस्तै यसमा हुने एस्पार्टेम, सुक्रलोज तथा स्टेविया लगायतका तत्वले मोटोपना बढ्नुका साथै मुटु सम्बन्धी रोग लाग्ने सम्भावना उच्च हुन्छ ।

‘सुगर फ्री’ चक्की उत्पादनकर्ताले भने गर्भावस्थामा समेत यसको प्रयोग सुरक्षित हुने दाबी गरेका छन् ।

उनीहरुका अनुसार गर्भावस्थाका लागि सुरक्षित भएकै कारण गर्भवती महिलाहरुले विना कुनै शंका यसको प्रयोग मज्जाले गर्न सक्दछन् । र, यसले गर्भावस्थामा मधुमेह हुने खतरा पनि बढाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?