जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ऋषिराज आचार्यको ‘द्रौपदी’ आउँदै

काठमाडौं- निर्देशक ऋषिराज आचार्यले फिल्म ‘द्रौपदी’ ल्याउने भएका छन् । यसअघि उनले निर्देशन गरेका ‘सपना तिम्रो मेरो’, ‘ड्रिम गर्ल, ‘चुरीफुरी’ लगायतका फिल्म प्रदर्शनमा आइसकेका छन् ।

उनका अनुसार अहिले फिल्मको लेखन तथा कलाकार छनोटको काम भइरहेको छ । फिल्मको कथा अनुसार मुख्य कलाकारको छनोटका लागि फिल्म युनिटले यही माघ २० गते अडिसन राखेका छन् ।

महिला प्रधान विषयमा बन्ने फिल्म महाभारतकी पात्र द्रौपदीको कथाजस्तै यथार्थपरक हुने दाबी गरिएको छ ।

फिल्ममा आचार्यकै पटकथा लेखन रहेको छ । आर.बी मुभिजको ब्यानरमा बन्न लागेको फिल्मको छायाङ्कन कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?