जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साझा यातायातको सीईओ पदमा जागिर खुल्यो

काठमाडौं- साझा यातायातले प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि दरखास्त आह्वान गरेको छ । विज्ञप्ति जारी गर्दै साझा यातायातले आवेदन माग गरेको हो ।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि पनि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएको साझाले जनाएको छ । यद्यपि उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो ।

१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?