जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘बहिनीलाई चिठी’ पुस्तक विमोचित

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले लेखेको ‘बहिनीलाई चिठी’ नामक पुस्तक आज विमोचन गरिएको छ ।

बहिनी विमला विष्टप्रति समर्पित उक्त पुस्तकमा जीवन दर्शन, वियोग, राजनीतिक विषयवस्तु, राष्ट्रियतालगायत छ वटा खण्डहरू छन् । कृतिमा दाजुभाइ र दिदीबहिनीको माया, प्रेम र बिछोड, सुखमय जीवन, विश्वासघातलगायत विषयमा कविता रचना गरिएको छ ।

आज आयोजित कार्यक्रममा नेपाल शिक्षा परिषद्की अध्यक्ष वरिष्ठ साहित्यकार रमा शर्माले कृति लोकार्पण गर्दै वियोगलाई शक्तिमा रूपान्तरण गर्न सिर्जना गरिएको उक्त पुस्तक प्रेरणादायी रहेको बताइन् । उनले नेपाली साहित्यको विकासमा यस कृतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

कृतिका लेखक थापाले साहित्यप्रति अभिरुची भएकाले गीत, कविता लेख्ने गरेको बताउँदै बहिनीसँगको बिछोडको पीडालाई अभिव्यक्त गर्न सो कृति रचना गरेको जानकारी दिए ।

साहित्यकार डा बमबहादुर थापा जितालीले कविता विषयवस्तुका हिसाबले स्वछन्द लयमा रहेको बताउँदै कवितामा बहिनीलाई दिइएको अर्ती, उपदेश भावपूर्ण रहेको साथै मुलुकमा सनातनी, वैदिक महत्त्वलाई दर्शाउन खोजिएको बताए ।

पूर्व रथि नेत्रबहादुर थापाले शोकमा लेखिएको कृतिले बेथितिलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेकाले केही कविताले पाठकलाई भावुक बनाउने उल्लेख गरे । लेखक थापाका यस अघि नाकाबन्दी र भूराजनीति, बुबा र द्वन्द्व व्यवस्थापनका चुनौती नामक कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?