जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कोशीका पुर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइदै

काठमाडौँ – पक्राउ परेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीलाई काठमाडौँ ल्याइदै छन् ।

आइतबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरिएका अधिकारीलाई अहिले विमानबाट काठमाडौँ ल्याइदै छ । अधिकारीलाई मानव तस्करीसहित किर्ते गरेको आरोपमा काठमाडौँ प्रहरी परिसर अनुसन्धान गरिरहेको छ ।

अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो ।

अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किनेक्रममा विमानस्थलबाट पक्राउ गरको थियो उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ ।

मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?