जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने

वीरगंज – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताएका छन् ।

आइतबार आज सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने बताएका हुन् ।

पर्साको दोश्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगरपालिकाको विकासको लागि आफू हरपल तयार रहेको बताउँदै, पोखरीया विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको उनले बताए ।

पोखरीया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधि लगायत विभन्न दलका नेताहरुलाई एकजुट भई विकासको काम तिब्र रुपमा अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरे ।

कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान , उपप्रमुख रवि ठाकुर , नेता नेजामुदिन समानी लगायत एवम् वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?