जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वैकुण्ठधामका लागि चार दिनमै रु एक करोड बढी सङ्कलन

राँझा ‘बाँके’ – नेपालगञ्जमा सञ्चालित वैकुण्ठधाम आध्यात्मिक महोत्सवको चार दिनमै रु एक करोड बढी सङ्कलन भएको छ ।

बाँकेको डुडुवा गाउँपालिका–५ सिधनियाघाटमा प्रस्तावित वैकुण्ठधाम निर्माणको सहयोगार्थ नेपालगञ्जमा यही कात्तिक २२ गतेदेखि महोत्सव सुरु भएको हो । महोत्सवमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन् ।

महायज्ञ सुरु भएको चार दिनमा रु एक करोड बढी नगद तथा जिन्सी सङ्कलन भएको वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। उनले दाताहरुले नगद, चेक तथा जिन्सी दान गरिरहेको बताए ।

सिधनियाघाटमा दाहसंस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव आयोजना गरिएको हो । महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुने वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल आयोजक समितिका संयोजक डा सुरेशकुमार कनोडियाले जानकारी दिए ।

बाँके तथा यस क्षेत्र आसपासका नागरिकको निधनपछि दाहसंस्कार गर्ने स्थल डुडुवा गाउँपालिका–५ मा पर्ने राप्ती नदीस्थित सिधनियाघाटमा मलामी तथा किरियापुत्रीहरुले भोग्नुपरेको समस्या र दुःखलाई दृष्टिगत गर्दै परिकल्पना गरिएको सुविधायुक्त वैकुण्ठधाम योजनालाई सार्थक बनाउन महोत्सव आयोजना गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?