जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री दीपिका प्रसाईँ आमा बन्दै

काठमाडौँ– अभिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छन् । फिल्म निर्देशक तथा दीपिकाका पति दिवाकर भट्टराईले उनी आमा बन्न लागेको सार्वजनिक गरेका हुन् ।

यसको चर्चा  ‘मायावी’ छायाङ्कन बेला नै चलेको थियो । त्यस्तै दीपिका गर्भवती भएकैले सुटिङ सक्न हतार भएको गसिप पनि चलेको थियो ।तर हल्लालाई खण्डन गरेका निर्देशक तथा दीपिकाका श्रीमान् दिवाकर भट्टराईले नै अहिले दीपिका आमा बन्न लागेको सार्वजनिक गरेका हुन् ।

निर्देशक भट्टराईले सामाजिक सञ्जालमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै सन्तान प्राप्त गर्न लागेको जानकारी दिएका छन् । 
भट्टराईले सामाजिक सञ्जालमा दीपिकाको एक तस्बिर सहित लेखेका छन्, ‘ तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया १ तिमी आमा बन्दैछौं अनि म बाबा । अनि म कति खुसी छु । तिमीलाई कति धेरै माया गर्छु । यो अनुभूति भन्नलाई यो शब्द अरू अपुरो छ । मलाई थाहा छ तिमीले बुझेको छौ । यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो । माया जीवन भर तिमीसँगै यसै गरी हिँड्न पाईराखौँ । यही एउटा चाहना छ ।’

दिवाकरको पोस्टमा धेरैले बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?