जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड अभिनेता सुनिल ग्रोवर नेपाल आउने

काठमाडौँ– भारतका चर्चित कमेडियन तथा अभिनेता सुनिल ग्रोवर लाइभ प्रस्तुतिको लागि नेपाल आउने भएका छन् । आगामी नोभेम्बर २९ अर्थात् मंसिर १४ गते हुने ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ का लागि नेपाल आउन लागेका हुन् ।

सो कार्यक्रम होटल एभरेस्टको मैदानमा हुन लागेको हो । कार्यक्रमलाई लिक्विट इन्टिलिजेन्सले आयोजना गर्न लागेको जनाइएको छ ।

उनी यसअघि उनी वि।सं २०७४ मा पनि नेपाल आएका थिए। त्यसबेला एक कार्यक्रमको सिलसिलामा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनपश्चात एक बाबासँगको तस्बिर सार्वजनिक गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?