जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कर्णालीसँग एपीएफ पराजित, फाइनलमा पुग्न असफल

काठमाडौं – एपीएफ क्लब पीएम कपको फाइनलमा पुग्न असफल भएको छ । बुधबार टियु मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशसँग २१ रनले पराजित भएसँगै एपीएफ फाइनलको दौडबाट बाहिरिएको हो ।

कर्णाली प्रदेशले दिएको २०७ रनको लक्ष्य पछाएको एपीएफले ४४ ओभरमा अल आउट हुदै १८५ रन बनाएको हो । यसअघि कर्णालीले पहिला ब्याटिंग गर्दै ४४।१ ओभरमा २०६ रन बनाएर अल आउट भएको थियो ।

योसँगै डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब ९ खेलमा १० अंक हासिल गर्दै अंकतालिकामा पाँचौं स्थानमा रहेको छ र फाइनलमा पुग्न असफल भएको छ । त्यस्तै यो जितसंगै कर्णालीले ९ खेलमा ८ अंकसहित सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?