जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साउथ फिल्मका सुपरस्टार विजय राजनीतिमा प्रवेश गर्दै

काठमाडौं । एमजी रामचन्द्रन, शिवाजी गणेशन र जयललितादेखि लिएर कमल हासनसम्म दक्षिणी फिल्मका धेरै सुपरस्टार राजनीतिमा आएका छन् । अब तमिलनाडुका अर्का सुपरस्टार थालापथी विजय राजनीतिमा आउने चर्चा छ ।

हुन त साउथ फिल्मका चर्चित अभिनेता विजयलाई आज कुनै पहिचानको आवश्यकता छैन । विजयले आफ्नो दमदार अभिनयले दर्शकको मनमा छुट्टै स्थान बनाएका छन् भने अभिनेताको फ्यान फलोइङ पनि ठूलो छ । चलचित्रपछि अब छिट्टै राजनीतिमा आउन तयार भएका हुन् ।

अभिनेता विजयले छिट्टै राजनीतिक पार्टी खोल्ने प्रक्रिया सुरु गर्ने स्रोतले बताएको छ । विजय पार्टी अध्यक्षमा निर्वाचित भएको पनि स्रोतबाट सुनिएको छ । मिडिया रिपोर्टका अनुसार पार्टी छिट्टै भारतको निर्वाचन आयोगमा दर्ता हुँदै छ ।

मिडिया रिपोर्टका अनुसार पार्टी छिट्टै भारतको निर्वाचन आयोगमा दर्ता हुनेछ। तर, पार्टीको नाम भने टुंगो लागेको छैन । पार्टीको महासचिव र कोषाध्यक्ष तोकेको छ भने केन्द्रीय कार्यसमिति पनि गठन गरिएको छ । विजय राजनीतिमा प्रवेश गरेको खबरको बारेमा एक स्रोतले भने, ुउनी तमिलनाडुबाट २०२६ को राज्य चुनाव अघि राजनीतिमा प्रवेश गर्नेछन्।

विजय खाँचोमा परेकालाई सहयोग गर्न बारम्बार अगाडि आउने साउथका चर्चित अभिनेता हुन् । २०२३ डिसेम्बरमा विजयले थुथुकुडी र तिरुनेलवेली जिल्लाका बाढी प्रभावित बासिन्दाहरूलाई मद्दत गरेका थिए। विजयले बाढीबाट नराम्ररी प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्दै आइरहेका छन् । विजयको पार्टी आयोगमा दर्ता हुनुअघि महासभा पनि बसेको छ, जसमा २ सय सदस्य सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?