जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अब सामसङ ग्यालेक्सीका पुरानो मोडलहरूमा समेत एआई उपलब्ध हुने

काठमाडौँ–सामसङले २०२४ को मध्य सम्ममा आफ्ना पुरानो मोडलमा समेत कोरियाली ब्रान्डको जेनेरेटिभ एआई सेवा उपलब्ध हुने पुष्टि गरेको छ । 

गत हप्ता मात्रै सार्वजनिक गरिएको सामसङ ग्यालेक्सी एस २४ सिरिज पनि ग्यालेक्सी एआई गुगल क्लाउडद्वारा सञ्चालित कोरियाली ब्रान्डको जेनेरेटिभ एआई सेवाको साथ उपलब्ध रहेको  छ । 

सामसङ इलेक्ट्रोनिक्सका एमएक्स बिजनेसका अध्यक्ष तथा प्रमुख टीएम रोहले कम्पनी यस वर्ष विश्वभरका १० करोड ग्यालेक्सी मोबाइल डिभाइसमा ग्यालेक्सी एआई ल्याउन प्रतिबद्ध भएको बताएको छ ।

जीएसएमएरिनाले आफ्नो रिर्पोटमा उल्लेख गरेअनुसार, रोहले ईटी टेलिकमलाई ग्यालेक्सी एआईको विकासमा लाग्ने लागतको बाबजुद पनि सन्  २०२५ सम्म प्रयोग गर्न निःशुल्क रहने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?