जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चौथो टी-२० मा इङ्गल्याण्डविरूद्ध वेस्ट इन्डिज ५ विकेटले विजयी

काठमाडौँ- ब्याटर जमेको चौथो टी-२० खेलमा वेस्ट इन्डिजले इङ्गल्याण्डलाई ५ विकेटले हराएको छ। इङ्गल्याण्डले दिएको २१९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा २२१ रन जोडेको हो।

वेस्ट इन्डिजको जितका लागि प्रारम्भिक जोडी एभिन लेविस र साइ होपले ९ ओभरमा १३६ रनको साझेदारी गरेका थिए। १० औँ ओभरको पहिलो बलमा रेहन अहमदको बलमा लेविस आउट भएपछि सो साझेदारी टुटेको थियो। सो समयमा खेल वेस्ट इन्डिजको पक्षमा पुगिसकेको थियो। लेविसले ३१ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ६८ रन प्रहार गरे।

त्यसपछिको बलमा अर्का प्रारम्भिक ब्याट्सम्यान साइ होप रन आउट भएका थिए। उनले २४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन जोडेका थिए।

अहमदले लगत्तै अर्को बलमा निकोलास पूरणलाई पनि डक आउट गरेका थिए। १० औं ओभरको पहिलो ३ बलमा ३ विकेट लिनुका बाबजुद इंग्ल्याण्ड खेलमा फर्कन भने असमर्थ रह्यो।

कप्तान रोभमान पावेल २३ बलमा ३८ रन प्रहार गर्न सफल भए भने स्टेफन रुथरफोर्डले १७ बलमा २९ रन जोडे।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५ विकेटको क्षतिमा २१८ रन जोडेको थियो। फिल साल्टले ३५ बलमा ५५ रन प्रहार गरे। उनको पारीमा ५ चौका ४ छक्का समावेश थियो। ज्याकोब बेथेल अविजित रहँदै ३२ बलमा ६२ रन जोडे। होप सो खेलको म्यान अफ द म्याच बने।

५ खेलको शृङ्खला यसअघि तेस्रो खेलको समाप्तिमा नै इंग्ल्याण्डले जितिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?