जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज मंगलबार, यसरी गर्नुहोस् गणेश भगवानको पूजा

काठमाडौं – आज २०८१ साल मंसिर ४ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर १९ तारिख। चौथी तिथि। मंगलचौथी व्रत।

मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ। मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ। मंगलबार मासु सेवन गर्नु हुँदैन। मङ्गलबारको दिन मदिरा सेवन गर्दा तपाईंको क्रोधमा वृद्धि हुन्छ। गणेशजीलाई सबैभन्दा बढी मन पर्ने भोजन लड्डु हो। यसबारे पद्मपुराणमा एउटा कथा छ:-

‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ। तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन्। भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो। उनी सबै बिघ्नबाधाहरुको निवारक पनि हुन्।

उनले सबै कार्यहरू निर्विघ्न गराउँछन्। भगवान गणेशको अर्को नाम ‘विनायक’ पनि हो विनायकको अर्थ अरु कोही नायक छैन, उ नै सर्वश्रेष्ठ नायक हो भन्ने बुझिन्छ।

भगवान गणेश सबै शक्तिका श्रोत पनि मानिन्छन्। हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ। गणेशजी हाम्रो सोच , चिन्तन, धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उनी गुणहरूको खानी छन्। उनमा सबै गुण र शक्तिहरू शोभायमान छ। उनी देवताहरूमध्ये गुणको देवता मानिन्छन्।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र
यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ।

१. श्री गणेशाय नमः २. ॐ श्री गणेशाय नमः ३. गं गणपतये नमः ४. ॐ गं गणपतये नमः ५. ॐ गं ॐ गणाधिपतये नमः ६. ॐ सिद्धि विनायकाय नमः ७. ॐ गजाननाय नमः ८. ॐ एकदंताय नमो नमः ९. ॐ लम्बोदराय नमः १०. ॐ वक्रतुंडाय नमो नमः ११. ॐ गणाध्यक्षाय नमः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?