जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

२९ वर्षीय उर्वशी ६३ वर्षीय साउथ सुपरस्टारकी नायिका बन्दै

काठमाडौँ– बलिउड अभिनेत्री उर्वशी रौटेला विभिन्न कारणले बेलाबेलामा चर्चामा आउने गर्छिन् । 

केही समय अगाडी बलिउड अभिनेत्री उर्वशी रौटेलाले प्रतिमिनेट १ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने खबर बाहिर आएपछि चर्चामा आएकी थिइन् । 

अहिले २९ वर्षीय उनी साउथका ६३ वर्षीय सुपरस्टारकी नायिका बन्न लागेको खबरले पनि उनी चर्चामा आएकी हुन् । 

अभिनेत्री उर्वशी आफ्नो आगामी प्रोजेक्ट ‘एनबिके १०९’को तयारीमा छन् । अभिनेत्री रौतेलाले नन्दमुरी बालकृष्णासँग यहीँ फिल्मको तयारी गरिरहेकी छन् ।  

उनी फोर्ब्स  टप १० मा समावेश हुने सबैभन्दा कम उमेरकी भारतीय अभिनेत्री पनि हुन् । 

उर्वशी रौटेलाले अहिले अक्षय कुमारसँगको ‘वेलकम ३’, बबी देओलसँगको ‘एनबीके १०९’, इन्स्पेक्टर अविनाश २ जस्ता प्रोजेक्ट गरिरहेकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?