जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं – नेपाली बजारमा लगातार आज चौथो दिन पनि सुनको भाउ बढेको छ। बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । गत सोमबारदेखि सुनको मूल्य बढीरहँदा आज पनि सुनको भाउमा बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?