एकैदिन १५ हजार घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ– सुनको मूल्य एकैदिन तोलामा १५ हजारभन्दा बढीले घटेको छ । भन्सार दर घटेपछि सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज १५ हजार ९ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ८४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?