जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तस्करीको आशंकामा ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा

काठमाडौँ – तस्करीको आशंकामा प्रहरीले पर्साबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका-८ घन्टाघर चोकबाट प्रहरीले सोमबार बिहान राति ना४ख २१६० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। उक्त ट्रक चितवनतर्फ सामान लिएर जाँदैथियो।

औषधी तथा खुद्रा सामान लोड गरिएको ट्रकमा बिल बिजकभन्दा बढी सामान देखिएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी किशोर लम्सालले बताए।

ट्रकमा ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरको औषधी र खुद्रा सामान रहेको लम्सालले बताए। ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ।

पर्सा प्रहरी प्रमुखमा एसपी कुमोध ढुंगेल छन्। पर्सा प्रहरीले तस्करी नियन्त्रणमा सफलता पाइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?