जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘घुमौँ मधेश, बुझौँ मधेश´ भन्ने अभियान मधेश सरकारको प्राथमिकतामा

काठमाडौँ- होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले थालेको ‘घुमौँ मधेश, बुझौँ मधेश´ भन्ने अभियानलाई मधेश प्रदेश सरकारले आफ्नो स्वामित्वमा लिएको छ । महासंघले पर्यटन प्रवर्द्धन गर्न सुरु गरेको अभियानलाई सरकारले महत्वाकांक्षी सरकारी कार्यक्रम अन्तर्गत राखेको हो ।

पर्यटन विकासको महत्वपूर्ण आधार बनाएर माहासंघले ५ जेठदेखि बाराबाट सुरु गरेको यो अभियानलाई सरकारले आफ्नो कार्यक्रम अन्तर्गत राखेसगैँ पर्यटन विकासमा कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले ‘घुमौँ मधेश, बुझौँ मधेश’ का संयोजकका रुपमा विकास ठाकुरलाई नियुक्त गरेका छन । मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णले भने, `यो अभियान थप उचाईमा पुग्ने विश्वास लिएका छौँ ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?