आज पनि घट्यो सुनको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । सोमबार तोलामा १५ हजार ९ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्यमा मंगलबार भने २ हजार ६ सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी भने १८ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?