जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा नाटक प्रस्तुति(फोटोफिचर)

काठमाडौँ– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत नाटक प्रस्तुत गरिएको छ ।

अभियानमा सिन्धुली कलाघर समूहले नाटक प्रस्तुत गरेको हो । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा सोमबार माइतीघरबाट शुरु गरिएको र्‍याली भृकुटीमण्डपमा पुगेपछि विभिन्न संघ सस्थाको उपस्थितिमा नाटक प्रस्तुत गरिएको थियो ।

महिलामाथी हुने हरेक प्रकारको हिंसा अन्त्यको नाटकमार्फत जनचेतनामुलक जगाउने जमर्को गरिएको थियो । कलाघर समूहले पन्चेबाजासहित देशभक्ति भावनाका गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

‘हामी सबैको प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ भन्ने नाराका साथ मङ्सिर १० गतेदेखि शुरु भएको अभियानमा महिला हक र अधिकार सम्बन्धमा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले १६ दिने अभियान मनाउँदै छन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?