जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ।

बिहीबार पक्राउ परेका चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले सरकारी वलिकको कार्यालय हुँदै अदालत पेस गरेको थियो। अदालतले सिजी होल्डिङ्सका अध्यक्ष चौधरीका साथै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो। चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा थापालाई बत्तीसपुतलीस्थित निवासबाटै पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?