जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फ्रान्समा भेटिए १० वर्षदेखि श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी

काठमाडौँ – फ्रान्समा आफ्नी श्रीमतीलाई लागुऔषध खुवाएर १० वर्षसम्म अज्ञात व्यक्तिबाट बलात्कार गर्ने अभियुक्तलाई २० वर्ष कैद सजायको माग गरिएको छ ।

ती आरोपीत पतिको नाम डोमिनिक पेलिकोट ‘७१ वर्ष’ हो। पेलिकोटले आरोपमा दोषी स्वीकार गरेका छन्। यस मुद्दामा अन्य ५० जना पुरुषहरू पनि मुद्दाको सामना गरिरहेका छन्।

सामूहिक बलात्कारको शिकार भएकी गिसेल पेलिकोटले यस मामिलामा माफीको प्रश्न नै नरहेको बताएकी छन् । गिजेलले भनिन्, ‘यी खराब मान्छे हुन्। उनले बलात्कार गरेका छन् । महिलालाई ओछ्यानमा सुतिरहेको देख्दा कसैले आफैलाई प्रश्न सोध्नु पर्दैन रु के उनीहरुको दिमाग छैन ?’

सरकारी वकिल लाउरे चाबाउडले गत सोमबार अदालतलाई भनेका छन, ‘आरोपीहरूले जिसेल पेलिकोटले सहमति दिएको भन्ने सोचेर जिम्मेवारीबाट बच्न खोजिरहेका छन्। तस्बिरहरूले स्पष्ट रूपमा देखाउँदछ कि गिसेल पेलिकोट बेहोस थिइन् र त्यसैले उनले आफ्नो सहमति दिन असमर्थ थिइन ।’

फ्रान्स २४ को रिपोर्टका अनुसार आरोपी र महिलाको विवाह भएको ५० वर्ष भइसकेको छ । महिलाको उमेर ७२ वर्ष छ । दुबैका ३ सन्तान पनि छन् । मुद्दाको सुनुवाइका सम्बन्धमा महिलाले बन्द ढोका पछाडि मुद्दाको सुनुवाइ नहोस् भन्ने आफूले नचाहेको बताइन् । अपराधीहरूले उनलाई लुकाउन चाहन्थे।

प्रहरीका अनुसार आरोपी पेलिकोट वेवसाइटमार्फत पुरुषसँग सम्पर्कमा आएर फोन गर्ने गर्थे । आफ्नी श्रीमतीलाई गहिरो निन्द्रा दिन उनले खाना र पेय पदार्थमा निद्राको चक्की मिसाउने गर्थे । त्यसपछि उनलाई बलात्कार गर्ने गर्थे। सो घटनाको भिडियो पनि बनाउने गदर्थे ।

समाचार अनुसार बलात्कारको घटना २०११ देखि २०२० सम्म भएको थियो । महिलाका वकिलका अनुसार श्रीमतीलाई यस्तो बेहोस अवस्थामा राखिएको थियो कि उनलाई अपराधबारे थाहा नै भएन । यससँग जोडिएको एउटा घटना पनि उनलाई याद छैन ।

ती वकिलले अगाडी भने कि २०२० मा अपराधको अनुसन्धानका लागि प्रहरीले महिलालाई बोलाउँदा यो स्तब्ध पार्ने कथा थाहा हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?