जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

समीर आचार्य र अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ (भिडियो)

काठमाडौँ– गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ ।

शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ ।

यसमा नेपाली र थारू भाषाको मिश्रण छ । भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ । चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन् ।

जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो । यसमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?