जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८१ साल मंसिर १६ गते आइतबारको राशिफल

काठमाडौँ- आज २०८१ साल मंसिर १६ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर १ तारिख। औंसी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। जोयनेपालका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। गोपनीयता भंग गर्दा आफूलाई घाटा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ।

वृष : तपाईंका साथीभाइको साथ मिल्नेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ। स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। परिवारसँग गोपनीयता खोल्ने बानीले धोका हुने जोखिम छ।

मिथुन : साना कुराले ठुलो झन्झट आइपर्ने जोखिम छ। विपक्षीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ। साथीहरु विपक्षीको कित्तामा गएकाले जोगिएर काम गर्नुपर्ने समय छ। विशेष काममा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले सोचेको राम्रो काम बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारको सल्लाह र सुझावमा गरेको काम सफल बन्नेछ।

सिंह : दिन राम्रो छ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी हुनसक्छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। पेट सम्बन्धी समस्या हुने जोखिम छ। खाइरहेको औषधीमा नियमितता गर्नु आवश्यक देखिन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

तुला : तृतीय भावमा चन्द्रमा पुगेकाले दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ। बुध धनस्थानमा भएकाले अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ। शिक्षको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिक : धनस्थानमा चन्द्रमा पुगेका छन्। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। खानपिनमा ख्याल नगर्नाले रोगले सताउने जोखिम छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : तपाईंको राशिमा चन्द्रमाको पूर्ण छाया भएकाले उद्योगमा फाइदा हुनेछ। साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ। खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज बन्नेछ। संयुक्त लगानीबाट नाफा हुनेछ।

मकर : दिन राम्रो छ। अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बहुमत छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ। वैवाहिक सम्बन्धको तयारीमा भए असल पात्र फेला पर्नेछन्। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

कुम्भ : भाग्यस्थानमा चन्द्रमा पुगेकाले तपाईंलाई लाभ हुनेछ। बलवान शनिदेव भएकाले दिन सहज बन्नेछ। बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सहज छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ। तपाईंको मेहनतमा अरुले फाइदा उठाउने जोखिम छ। परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?