म्युनिख र डर्टमन्ड बराबरीमा रोकिए

काठमाडौं- कप्तान हेरी केन घाइते भएको खेलमा बायर्न म्युनिख मुस्किलले हारबाट बचेको छ। शनिबार राति भएको जर्मन बुन्डेसलिगाको खेलमा बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड बिच १–१ गोलको बराबरी भएको हो।

पहिलो हाफमा जेमी गिटेनले एकल प्रयासमा गरेका गोलमा भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा रहेको म्युनिख पराजित हुने सम्भावना देखिएको थियो।

खेल सकिन ५ मिनेट बाँकी रहँदा मुसियला जमालले बराबरी गोल गर्दै सो सम्भावना टारेका थिए। २७ औँमिनेटमा गिटेनले गोल गरेका थिए भने त्यसको ६ मिनेट पछि नै चोट बोकेर केन मैदान छाड्न बाध्य भएका थिए।

वैकल्पिक खेलाडी मिखाइल ओलिसेको क्रसमा मुसियलाले हेड गोल गर्दै वायरनको संकट टारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?