के धम्कीका कारण विक्रान्त मेसीले अभिनयबाट सन्यास लिएका हुन्?

मुम्बई– ओटीटी प्लेटफर्ममा रिलिज भएपछि एकाएक चर्चामा आएको फिल्म ‘टुवेल्थ फेल’ का अभिनेता विक्रान्त मेसीले एकाएक फिल्म क्षेत्रबाट सन्यास लिएको घोषणा गरे । उनको यो निर्णयले फ्यान मात्र होइन । बलिउड नै चकित भयो ।

उनले सामाजिक सञ्जाल पोस्टमार्फत सो जानकारी दिएका थिए। यो खबर बाहिर आएसँगै विक्रान्तका फ्यानहरु स्तब्ध र निराश बने । कतिपयले उनी अभिनयबाट सधैं टाढै बसेको विश्वास गर्छन् भने कतिपयले ठीक समयमा पुनरागमन गर्ने बताएका छन् ।

विक्रान्तले आफ्नो पोस्टमा लेखेका छन्, ‘नमस्कार, पछिल्ला केही वर्ष र त्यसपछिका वर्षहरू अद्भुत छन्। तपाईको निरन्तर सहयोगको लागि म तपाईहरू सबैलाई धन्यवाद दिन्छु, तर म अगाडि बढ्दै जाँदा, मैले महसुस गरेको छु कि यो आफैलाई पुनः सन्तुलन र घर फर्कने समय हो। पति, बुबा, छोरा र अभिनेताको रूपमा पनि २०२५ मा हामी एकअर्कालाई अन्तिम पटक भेट्नेछौं।’

विक्रान्तको यो घोषणालाई लिएर चलचित्र उद्योगबाट धेरै प्रतिक्रिया आइरहेका छन् । उनीसँगै फिल्म ‘१२ वी फेल’ मा देखिएकी अभिनेत्री मेधा शंकरले आश्चर्य व्यक्त गरेकी छिन्, ‘के ?अभिनेत्री आकांक्षा रञ्जन कपुरले पनि आश्चर्य व्यक्त गरेकी छिन् । उनले कमेन्ट गर्दै लेखे, ‘के ??? सोनु, होइन, तपाईं बाँकी रहेका केही कलाकारहरू मध्ये एक हुनुहुन्छ, जो वास्तविक छन्।’

साबरमती रिपोर्टका क्रममा विक्रान्तलाई धम्की आएको थियो । ब्रेक लिनुअघि विक्रान्तको अन्तिम फिल्म ‘द साबरमती रिपोर्ट’ हो, जुन १५ नोभेम्बरमा रिलिज भएको थियो। यो फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित छ।

ट्रेलर रिलिज भएसँगै फिल्म विवादमा परेको थियो । चलचित्रका मुख्य कलाकार विक्रान्त मेसीलाई धम्की आएको थियो । विक्रान्त आफैंले बिभिन्न मिडियामा दिएको अन्तर्वार्तामा यसको खुलासा गरेका थिए । विक्रान्तले आफ्ना विरोधीहरूले आफ्नो ९ महिनाको बच्चालाई पनि नछोड्ने र उनीबारे अश्लील कुरा गरेको बताएका थिए ।

धेरैले यो घटनासँग जोडेर उनले अभिनयबाट सन्यास लिएको अनुमान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?