जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चनको समय थपियो

काठमाडौँ– दर्शकको चाप बढेपछि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को मञ्चन समय एक साता थपिएको छ ।

कार्तिक २४ गतेदेखि मङ्सिर १६ गतेसम्म मात्र मञ्चन हुने भनिएको नाटक मङ्सिर २३ गतेसम्म जारी रहनेछ ।
थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकको परिकल्पना, लेखन तथा निर्देशन रङ्गकर्मी केदार श्रेष्ठले गरेका छन् ।

नाटकले दाम्पत्य जीवनमा रहेर मान्छेका सम्बन्ध र उसको संवेदनासँगै सहअस्तित्वको खोजी गरेको छ । नाटकमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।

यसमा निर्माताका रुपमा अभिनेता दयाहाङ राई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?