जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालमा सूचीकृत हुन स्न्यापच्याटको चासो

काठमाडौँ– सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरूलाई निर्देशिका नै जारी गरी दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ । 

यो सँगै मेसेजिङ्ग एप स्न्यापच्याटले पनि नेपालमा सूचीकृत हुन चासो व्यक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार स्न्यापच्याटबाहेक पनि अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूले पनि नेपालमा सूचीकृत हुन चासो व्यक्त गरेका छन् । 

हालसम्म कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकृत भने भइसकेका छैनन्।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सरकारले केही समय अघि ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका,२०८०’ जारी गरेको थियो ।

जसमा नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल मन्त्रालयमा सूचीकरण हुनु पर्ने प्रावधान छ ।

निर्देशिका अनुसार नेपालमा सञ्जालमा रहेका सामाजिक सञ्जालहरू फागुन ११ गते भित्र मन्त्रालयमा सूचीकृत भइसक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?