जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सृष्टिलाई ‘मिसेस नेपाल’को उपाधि

काठमाडौँ – मिसेस नेपाल क्यानडा–२०२४ को उपाधि सृष्टि श्रेष्ठले जितेकी छिन् ।  श्रेष्ठले १०  प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । 

फाइनलमा निर्णायक मण्डलले उनलाई ‘तपाईँलाई यो संसारमा सबैभन्दा बढी के कुराको कमी छ जस्तो लाग्छ’ भन्ने प्रश्न गरेको थियो ।

जवाफमा संसारमा सबैभन्दा बढी सहानुभूतिको कमी रहेको जवाफ दिएकी श्रेष्ठलाई सोही जवाफले उनलाई उपाधिको हकदार बनायो ।

उनले करुणा प्रायः पछाडि परेको संसारमा सहानुभूतिको एकदमै आवश्यक रहेको बताउँदै सहानुभूतिलाई संस्कार, संस्कृतिका रूपमा अँगाल्नसमेत सबैलाई आग्रह गरेकी थिइन ।

कार्यक्रममा फस्ट रनरअप र मिसेस् फोटोजेनिकको उपाधि अलिशा राजभण्डारीले प्राप्त गरिन  भने सकेण्ड रनरअप रेश्मा थापा भइन । एमी कर्माचार्यले मिसेस् ट्यालेन्ट अवार्ड र श्याम लिम्बूले मिसेस् पब्लिक च्वाइस अवार्ड हात पारिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?