जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव ’ शुरु

काठमाडौँ– ‘लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ शुरु भएको छ । महोत्सवको यो तेस्रो संस्करण हो ।

ललितपुर, सातदोबाटोस्थित ब्राइट फ्युचर कलेजमा मङ्गलबारदेखि शुरु गरिएको महोत्सव पाँच दिनसम्म जारी रहनेछ । पाँच दिनमा १७ वटा नाटकहरु मञ्चन हुँदैछन् ।

नाटक मार्फत बालबालिकाकाे चाैतर्फी विकास र विश्वभरका बालबालिकाहरुलाई एकै ठाउँमा ल्याउन याे महाेत्सव गरिँदै आएकाे छ ।

महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, जर्मनी, डेनमार्कलगायतका देशहरु सहभागी छन् । महोत्सवमा बुधबार नेपाल, भारत र श्रीलङ्काको गरी पाँच वटा नाटकहरु मञ्चन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?