जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म

नेपालमा ‘पुष्पा २’ क्रेज, उज्यालो नहुँदै फिल्म हेर्न पुगे दर्शक, नेपाली फिल्मलाई कम शो

काठमाडौँ– नेपालमा जाडो महिनामा फिल्मको व्यापार राम्रो हुँदैन भन्ने भाष्य स्थापना हुँदा ठूला मेकरले जाडो महिनामा सकभर आफ्नो फिल्म रिलिज गर्न नपरे हुन्थ्यो भनेझैँ गर्छन् ।

चाडबाड र गर्मीयामका समयका तुलनामा जाडोका बेला हलसम्म दर्शक जाँदैनन् भनेर कमै फिल्म रिलिज गरिन्छन् ।

यतिबेला भने दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को क्रेज यस्तो बढेको छ कि, बढ्दो जाडोमा पनि नेपालका मल्टिप्लेक्स हलमा फिल्म मध्यरातसम्म प्रदर्शन गरिएका छन् ।

अल्लु अर्जुन स्टारर बहुप्रतीक्षित फिल्म ‘पुष्पा २’ को क्रेज नेपालमा व्यापक देखिएको छ । काठमाडौँका हलमा यो फिल्म बिहान ४ बजेदेखि नै प्रदर्शन गरिएको थियो । बिहानी शो पनि पनि दर्शकको शतप्रतिशत अकुपेन्सी देखिएको छ भने दर्शकले टिकट पाएका छैनन् ।

यो फिल्मलाई काठमाडौँका मल्टिप्लेक्स हलले एक सयभन्दा बढी शो दिएका छन् भने तीमध्ये प्रायः सबै हलका टिकट विक्री भइसकेका छन् ।

यसको पहिलो भाग सुपरहिट हुँदा नेपालका हलमा पनि दर्शकको क्रेज देखिएको हो । रक्तचन्दन तस्करीको कथामा निर्माण गरिएको यो फिल्म निर्माण हुने घोषणा भएदेखि नै चर्चामा छ ।

अझ रोचक कुरा त के छ भने फिल्मले रिलिजअघि नै आफ्नो लगानी सुरक्षित गरिसकेको थियो । नेपालमा मात्र नभएर भारतमा पनि यो फिल्मको बाक्लो क्रेज बनेको छ ।

फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मण्डना, फहाद फसिल, सुनिल, राव रमेश लगायतका कलाकारको अभिनय छ । निर्माण टिमले यसको तेस्रो सिक्वेल पनि निर्माण हुने घोषणा गरेको छ ।

‘पुष्पा २’ का कारण नेपाली फिल्म मारमा

नेपालमा ‘पुष्पा २’ को क्रेजका कारण नेपाल फिल्मको शो ह्वात्तै घटेको छ । नेपालमा ब्लकबस्टर व्यापार गरेर अनेक रेकर्ड बनाएको विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को शो मा पनि कटौती गरिएको छ ।

यस्तै मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’ लाई पनि निकै कम शो दिइएको छ भने ‘ह्रस्व दीर्घ’ लाई त अझ कैयन् हलबाट उतारिएको छ । निर्माण टिमका अनुसार यी तीनै फिल्ममा हलमा राम्रो व्यापार गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?