जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्व माटो दिवसमा नाटक ‘माटोको गुनासो’

काठमाडौँ– विश्व माटो दिवसका अवसरमा जनचेतनामूलक नाटक ‘माटोको गुनासो’ मञ्चन गरिएको छ ।

नाटकले बढ्दो माटो प्रदूषण, अत्याधिक विषादीका कारण मानव स्वास्थ्यमा परेको असर लगायतको विषयलाई प्रस्तुत गरेको थियो । नाटकमा माटो बोटविरुवा जीवजन्तुमाथि परेको असरलाई देखाउन त्यसैको स्वरुपमा पात्रहरु खडा गरिएको थिए ।

जिल्ला कृषि विकास कार्यालयको आयोजनामा बिहीबार सिन्धुलीस्थित सिन्धुलीमाढीमा नाटक प्रस्तुत गरिएको हो । कलाकार एवं कला अभियन्ता सुमन थापामगरको परिकल्पना, लेखन तथा निर्देशनमा नाटक प्रस्तुत गरिएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?