जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बिहान उठेपछि यी काम गर्नाले दिन राम्रो हुन्छ, देवी लक्ष्मी पनि प्रसन्न रहन्छिन्

काठमाडौँ – धार्मिक शास्त्रमा भनिएको छ, हरेक दिनको बिहान उठेपछि यी काम गर्नाले दिन राम्रो हुन्छ । बिहान उठेर गरेका कर्मले आर्थिक लाभ प्राप्त हुन्छ भने बिहान उठेर राम्रा काम गर्दा देवी लक्ष्मी प्रसन्न रहन्छिन् ।

हरेक बिहान भगवानको नामले सुरु आफ्नो दिनको सुरुवात गर्नुहोस् ताकि तपाईलाई माता लक्ष्मीको आशीर्वाद प्राप्त हुनेछ। लक्ष्मीको आशीर्वाद प्राप्त गर्नका लागि हरेक बिहान नियमित रूपमा धेरै काम गर्नु पर्ने शास्त्रमा उल्लेख गरिएकाे छ ।

बिहान उठेपछि शुभ मन्त्र ओम श्री गणेशाय नमः वा ओम महालक्ष्मीय नमःको जप गर्नुहोस्। यसो गर्नाले तपाईको दिन शुभ रहन्छ र देवी लक्ष्मीको आशीर्वाद तपाईमा रहन्छ।

धनकी देवी लक्ष्मीको कृपा प्राप्त गर्न चाहनुहुन्छ भने हरेक दिन बिहान उठेर स्नान गरी तुलसीको पूजा गर्नु हिन्दू धर्ममा अति पवित्र मानिन्छ । तुलसीजीलाई जल चढाएर आशीर्वाद माग्नुहोस्।

हरेक बिहान उठ्ने बित्तिकै आफ्नो हत्केलामा हेर्नुहोस र यो मन्त्र दैनिक जप गर्नुहोस्। ‘कराग्रे वसते लक्ष्मी: करमधे सरस्वती। ब्रह्मा प्रभाते कर्दर्शनम् करामुले स्थितो।’ यस पछि, आफ्नो हत्केला रगाउनुहोस् र आफ्नो अनुहार मा रगाउनुहोस्।

बिहान उठ्ने बित्तिकै ध्यान गर्नाले भगवानको आशीर्वाद प्राप्त हुन्छ र मानसिक शान्तिको अनुभव हुने शास्त्रमा बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?