जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८१ साल मंसिर २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर २१ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर ६ तारिख। मार्गशीर्ष शुक्ल पक्षको पञ्चमी तिथि। सीता विवाह पञ्चमी। षडानन्द जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। जोयनेपालका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अप्रिय शब्दले मन पोल्नसक्छ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा सोचेका काममा अवरोध हुने जोखिम छ। आफूभन्दा ठुला व्यक्तिको सुझाव लिएर अगाडि बढेमा फाइदा हुनेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। तर्क गर्नाले बेफाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : मन शान्त पार्न शास्त्रको अध्ययन गर्नुपर्ने हुन्छ। दैनिक कामलाई भन्दा उद्देश्य नै परिवर्तन गरेर अगाडि बढ्नु राम्रो हुनेछ। गुरुसँगको परामर्शको साथमा अगाडि बढेमा सफलता मिल्नेछ। गलत बाटो छोड्नु राम्रो हुनेछ।

कर्कट : दिन सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। उपचारकोक्रममा भए सुधारका संकेत देखिनेछन्। दाम्पत्य जीवन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : आम्दानी गर्ने दिन छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। एकल लगानी भन्दा संयुक्त लगानीमा फाइदा हुने योग छ। कर्तव्य पूरा गर्ने ढंगले अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कन्या : दिन राम्रो छ। विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

तुला : अचानक धन खर्च हुनेछ। खानपानमा ख्याल गर्दा रोग बढ्ने जोखिम छ। पुराना रोगसँग सचेत बन्नुपर्नेछ। विपक्षीले आज तपाईंको प्रशंसा गर्नेछन्। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्नेछ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यमा दिन राम्रो बन्नेछ। निजी निर्णय गर्नु भन्दा साथीसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। सानो कुराले स्वास्थ्यमा समस्या हुनसक्छ। गुरुको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

धनु : दिन सहज छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ। साथीको साथमा काम बन्नेछ।

मकर : मनमा शान्ति हुनेछ। तपाईंको दैनिक काम सफल बन्नेछ। आज गरेको लगानीबाट दीर्घकालसम्म फाइदा हुनेछ। बिहानै पिपलको दर्शन वा दान गरेर दिनको सुरुवात गरेमा काम सहजै बन्नेछ।

कुम्भ : सञ्चित धनको खर्च हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। रोग बढ्ने जोखिम छ। सानो विषयमा परिवारभित्र झगडा हुनसक्छ। मन अशान्त हुने जोखिम रहेको छ। यो सबै मध्य साढेसाती दशाको फल हो।

मीन : दिन सामान्य राम्रो छ। सप्तम भावमा शुभग्रह बसेकाले परिवारको साथ मिल्नेछ। सुरुवाती साढेसाती दशा भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?