जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एउटा यस्तो देश, जहाँ युवतीले ब्यायफ्रेण्ड भाडामा लिन्छन्

काठमाडौँ– कार भाडामा लिनु वा स्कुटर भाडामा लिनु सामान्य कुरा हो तर के तपाईलाई थाहा छ? एउटा एशियाली देशमा केटीहरूले आफ्ना लागि ब्वायफ्रेन्ड पनि भाडामा लिन्छन् ।

हो, हामी भियतनामको कुरा गर्दैछौं, जहाँ युवतीहरूले ब्वायफ्रेन्ड राख्छन्। सबैभन्दा ठूलो कुरा यो हो कि यो आजकल यो प्रवृत्ति धेरै मात्रामा बढेको छ।भियतनामी केटीहरूले किन अस्थायी ब्वाइफ्रेन्ड राख्छन् ? यसबारेमा जानौँ ।

नक्कली प्रेमी किन राखिन्छन् ?

भियतनाममा मात्रै होइन । धेरै देशहरूमा आमाबाबुहरू आफ्ना छोराछोरी जवान भएपछि उनीहरुको जीवन साथीको बारेमा चिन्तित हुन्छन्। यस कारणले उनीहरूले आफ्ना छोराछोरीलाई निरन्तर दबाब दिन्छन्। यस दबाबबाट बच्न भियतनामी महिलाहरूले आफ्नो लागि नक्कली ब्वायफ्रेन्ड राख्छन् । ताकि नयाँ वर्ष जस्ता कार्यक्रमहरूमा उनीहरूलाई आफ्नो परिवारसँग परिचय गराउन सकून् र दबाबबाट बच्न सकून्। यो विशेष गरी विवाह नगरेका महिलाहरूले यसो गरिरहेका हुन्छन् ।

प्रक्रिया कसरी काम गर्छ ?

यी महिलाहरूले पुरुषलाई ब्वायफ्रेन्डको रूपमा राख्छन्। यी भाडामा लिइएका साझेदारहरू सामाजिककरण गर्न, परिवारका सदस्यहरूलाई प्रभाव पार्ने र घरायसी कामहरूमा पनि मद्दत गर्न माहिर हुन्छन्। मिन्ह थु नामकी ३० वर्षीया महिलाले सहि पार्टनर नभेट्दा आफ्नो पार्टनर भएको बहाना गर्न एक पुरुषलाई काममा राखिन्। उनले भाडामा लिएको मान्छेले उनको परिवारलाई मात्र प्रभाव पारेन तर मिन्ह थुको लागि परिस्थितिलाई अझ सहज बनाउँदै उनीहरूको अपेक्षाहरूसमेत पूरा गरिदियो ।

नक्कली प्रेमी व्यवसाय

यो प्रवृत्ति धेरै व्यक्तिहरूको लागि व्यक्तिगत समाधान मात्र होइन, भियतनामका केही पुरुषहरूको लागि राम्रो व्यवसाय पनि भएको छ। हनोईकी २५ वर्षीय ह्यु तुआनले ‘फेक ब्वाईफ्रेन्ड’को रुपमा काम गर्न थालेकी छिन् ।

एक वर्षभन्दा बढी समयदेखि उनले तुआनलाई विभिन्न ग्राहकहरूसँग सामाजिक जमघटहरूमा निम्तो दिईन्। र, त्यसका लागि ती युवकलाइ निश्चित रकम पनि दिइन् । जसवाट उनी पारिवारिक दबाब कम महशुश गर्न थालिन । आजकाल यो भियतनाममा फेसन बनेको त्यहाँका मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?