जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज ४७ औँ जन्मदिन मनाउँदै शाकिरा

काठमाडौँ – कोलम्बियाली गायिका तथा अभिनेत्री शाकिरा आज आफ्नो ४७ औँ जन्मदिन मनाउँदै छिन् । 

सन् १९७७ मा आजकै दिन अर्थात फेब्रुअरी २ मा कोलम्बियाको बारानक्विलामा उनको जन्म भएको थियो । ‘क्वीन अफ ल्याटिन म्युजिक’ को उपनामले चर्चित शाकिराको पूरा नाम शाकिरा इसाबेल मेबारक रिपोल हो ।

१३ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा साङ्गीतिक क्षेत्रमा लागेकी शाकिरा खास गरी अङ्ग्रेजी र स्पेनिस भाषा बोल्ने श्रोता/दर्शकमाझ निकै लोकप्रिय छिन् ।  उनले १९९० मा सोनी म्युजिक कोलम्बियाका लागि पहिलो गीत रेकर्ड गराएकी थिइन् ।

२१ औं शताब्दीकी निकै प्रभावशाली महिला कलाकार मानिने शाकिराले नै  ल्याटिन अमेरिकी देशमा सीमित कलाकारका लागि अन्तर्राष्ट्रिय बजारको ढोका खुला गरेको मानिन्छ ।

यहि कारण शाकिरा एमटीभीद्वारा सन् २०२२ मा संगीतको इतिहासमा सबैभन्दा प्रभावशाली गायिकाको सूचीमा समावेश गरिएकी गायिका समेत हुन ।  उनी सो सूचीमा समावेश हुने एक मात्र ल्याटिन अमेरिकी गायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?