जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जनकपुरमा भगवान रामजानकीको स्वयम्बर सम्पन्न

जनकपुर – सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्बर सम्पन्न भएको छ । जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न भएको हो ।

राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गरेका थिए ।

रंगभूमी मैदान पुगेको डोला परिक्रमा गरेपछि रामजानकीको स्वयम्बर सम्पन्न भएको हो । स्वयम्बरको समयमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?