जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी, जित्नैपर्ने दबाब

काठमाडौँ– आज नेपाल प्रिमियर लिग (एनपीएल) को बाह्रौँ र तेह्रौँ खेल हुँदैछ । आजको पहिलाे खेलमा लुम्बिनी लायन्स र सदूरपश्चिम राेयलबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय खेल मैदानमा दुवै टोली पहिलोपटक आमने सामने हुँदैछन् । उक्त खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ । यसअघि दुई खेल हारेको लुम्बिनीलाई जित्नैपर्ने दबाब छ । सुदूरपश्चिमले भने यसअघि दुई खेल जितिसकेको छ ।

आज हुने पहिलो खेलमा लुम्बिनीबा राेहितकुमार पाैडेल र सुदुरपश्चिमवाट दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन् ।

एनपीएल गत शुक्रवारवाट शुरु भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले बताएको थियो ।

लुम्बिनी लायन्स

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?